Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

निर्यात २१.४ प्रतिशतले घट्याे, एक वर्षमा १६ खर्ब ११ अर्बकाे वस्तु आयात

निर्यात २१.४ प्रतिशतले घट्याे, एक वर्षमा १६ खर्ब ११ अर्बकाे वस्तु आयात

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • निर्यात २१.४ प्रतिशतले घट्याे, एक वर्षमा १६ खर्ब ११ अर्बकाे वस्तु आयात

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यात २१.४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टले आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल निर्यात एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको देखाएको हो ।

    images
    images
    images

    अघिल्लो आर्थिक वर्षमा भने निर्यात ४१.७ प्रतिशतले बढेको थियो । 

    नेपालले भारततर्फ गर्ने निर्यात ३१.३ प्रतिशतले घटेको छ । चीनतर्फ निर्यात ११८.३ प्रतिशत र तथा अन्य मुलुकतर्फ १०.७ प्रतिशतले बढेको छ । 

    वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, गएको आर्थिक वर्ष २०७९/०८० मा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आएको छ । यसरी एक वर्षमा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको छ । 

    अघिल्लो आर्थिक वर्षमा आयात २४.७ प्रतिशतले बढेको थियो । 

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

    वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको छ । सवारी साधन तथा स्पेयर पार्टस, एमएस बिलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

    यसरी पछिल्लो आर्थिक वर्षमा १५.५ प्रतिशतले कमी आएर १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट