सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता
सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता
काठमाडौ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच खिचापोखरी, काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।