Sep 19 2024 | २०८१, असोज ३ गते

प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत शुल्क, नेपालमा भाउ बढ्ने

प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत शुल्क, नेपालमा भाउ बढ्ने

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत शुल्क, नेपालमा भाउ बढ्ने

    काठमाडौं । आन्तरिक बजारमा तरकारी महँगिँदा भारतले प्याजको निर्यातमा ४० प्रतिशत शुल्क लगाएको छ ।

    images
    images

    आइतबार भारतको अर्थ मन्त्रालयले तत्कालदेखि आउँदो डिसेम्बर ३१ सम्म लागु हुने गरी प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको हो । 

    विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता भारतले तोकेको भन्सार शुल्कले नयाँ दिल्लीको आउँदो निर्वाचनअघि स्थानीय मूल्य घटाउन मद्दत गर्ने ठानिएको छ ।

    योसँगै भारतबाट आयात गर्ने नेपाललगायत मुलुकलाई भने प्याचको मूल्यमा चर्काे भार पर्नेछ ।

    “निर्यातमा लगाएको शुल्कले भारतीय प्याज पाकिस्तान, चीन र इजिप्टको भन्दा महँगो हुनेछ । यसले स्वाभाविक रूपमा निर्यातमा कमी ल्याउनेछ र स्थानीय बजारमा मूल्य घटाउन मद्दत गर्नेछ,” मुम्बईका एक निर्यातकर्तालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार