Sep 19 2024 | २०८१, असोज ३ गते

प्याज किलोमै १७ रुपैयाँले बढ्यो,गोलभेडाको मूल्य प्रतिकिलो १२५ 

प्याज किलोमै १७ रुपैयाँले बढ्यो,गोलभेडाको मूल्य प्रतिकिलो १२५ 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • प्याज किलोमै १७ रुपैयाँले बढ्यो,गोलभेडाको मूल्य प्रतिकिलो १२५ 

    काठमाडौँ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको थोक मूल्य किलोमै १७ रुपैयाँले बढेको हो ।

    images
    images

    यससँगै, आज कालिमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ । हिजो कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ थियो । नेपालमा आयात हुने करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाटै आउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो ।

    यस्तै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १२५ रुपैयाँ, सानो गोलडेको मूल्य १५५ रुपैयाँ, रातो आलुको मूल्य ५१ रुपैयाँ छ । यसबाहेक, गाजर ११६ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ भने काउली ८८ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, डल्ले भन्टा ८५ रुपैयाँ र बोडी ११० रुपैयाँ छ ।

    यस्तै, तिते करेला ८६ रुपैयाँ थोक मूल्यमा बिक्री हुँदा लौका ७६ रुपैयाँ, परवर ६५ रुपैयाँ र घिरौलाको थोक मूल्य ४६ रुपैयाँ कायम छ ।
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार