Sep 19 2024 | २०८१, असोज ३ गते

‘६० वर्षदेखिको बेरुजु फर्स्यौट हुन बाँकी’

‘६० वर्षदेखिको बेरुजु फर्स्यौट हुन बाँकी’

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • ‘६० वर्षदेखिको बेरुजु फर्स्यौट हुन बाँकी’

    काठमाडौं । नेपालमा ६० वर्षदेखिको बजेटको बेरुजु फर्स्यौट हुन बाँकी रहेको खुलासा भएको छ।

    images
    images

    कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम सुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फर्स्यौट बाँकी रहेको बताए।

    आइतबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु फर्स्यौट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको पनि स्मरण गराए।

    महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको उल्लेख गर्दै उनले त्यो वर्षाैंदेखिको रहेको समेत बताए। कार्यवहाक महालेखा परीक्षक काफ्लेले जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरुजुको अवस्था भयावह बन्दै गएको पनि उल्लेख गरे।

    ‘महालेखा परीक्षकले पहिलो वर्ष २०२० सालमा हो प्रतिवेदन पेस गरेको हो। त्यही बेलादेखिको बेरुजु अहिलेसम्म फर्स्यौट भएको छैन।’

    कार्यवहाक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको बताए। देशभरका कार्यालयहरुको अर्डिट गर्नका लागि करिब ४ सयजति मात्रै जनशक्ति रहेकाले आफूहरुले रिस्क बेसिस अर्डिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार