Sep 19 2024 | २०८१, असोज ३ गते

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटीमा भाग लिन अर्थमन्त्री महत क्यानडा प्रस्थान 

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटीमा भाग लिन अर्थमन्त्री महत क्यानडा प्रस्थान 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटीमा भाग लिन अर्थमन्त्री महत क्यानडा प्रस्थान 

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महत ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् ।

    images
    images

    क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औं सभामा भाग अर्थमन्त्री महत आइतबार राति साढे ९ बजे क्यानडा प्रस्थान गरेका हुन् ।

    अर्थ मन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् ।

    वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थ मन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

    अर्थमन्त्री महत उक्त सभामा भाइस प्रेसिडेन्टका रूपमा सहभागिता जनाउँदै छन् ।  जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ । उक्त सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ ।

    अर्थमन्त्री महत करिब १ साता क्यानडामा रहने छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार