Sep 19 2024 | २०८१, असोज ३ गते

मेरो छायाँ परेर होला राष्ट्रपतिले बोलाएको बैठकमा एमालेका नेता आएनन् : माधव नेपाल

मेरो छायाँ परेर होला राष्ट्रपतिले बोलाएको बैठकमा एमालेका नेता आएनन् : माधव नेपाल

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • मेरो छायाँ परेर होला राष्ट्रपतिले बोलाएको बैठकमा एमालेका नेता आएनन् : माधव नेपाल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा  बोलाएको बैठकमा एमाले नेताहरू सहभागी नभएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले व्यंग्य गरेका छन्। मंगलबार दिउँसो पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू आउने थाहा पाएपछि एमालेका नेताहरू सर्वदलीय बैठकमा नआएको टिप्पणी गरेका हुन्।

    images
    images

    'आज राष्ट्रपतिले एउटा बैठक  बोलाउनु भएको थियो । पार्टीको तर्फबाट म पनि गाथे। थाहा छैन मलाई के कारणाले हो एमालेका नेताहरू आएनन्,'उनले भने,' संवभत त्यहाँ माधव नेपालको छायाँ, एकीकृत समाजवादीको छायाँ परेर होला। आउने काम भएन।'

    उनले आफू एमालेजस्तो संकीर्ण र सानो चित्त नभएको बताउँदै राष्ट्र, जनताका मुद्दामा हातेमालो गर्दै अगाडि बढिरहेको जिकिर गरे।

    राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे छलफल गर्न मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा एमाले सहभागी भएन। एमालेबाहेक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपा एसका नेता मेटमणी चौधरी, जनमत पार्टीका नेता अब्दुल खान, रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरु बैठकमा सहभागी थिए।

    उनले तत्कालीन नेकपा एमालेबाट विद्रोह गरेर अत्यन्त उचित काम गरेको जिकिर गरे । 'त्यो विद्रोह जायज थियो। औचित्यपूर्ण थियो भन्ने कुरामा हामी विश्वस्त हुनुपर्छ,'उनले भने,'अहिलेसम्मका घटनाक्रमले त्यो बेला चालेको कदम जायज थियो भनेर बारम्बार पुष्टि हुँदै आएको छ। हामीले आँट गरेकै हौं।'

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले विगतमा पार्टीको संगठनको अस्तित्वलाई अगाडि बढाउन गरेका प्रयासलाई बिर्सन नहुने बताए। उनले कडा मिहेनत र  परिश्रमले नेकपा एसको जन्म भएको जिकिर गरे। 

    नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै नभइ राजनीतिमा नेकपा एसको विशेष भूमिका रहेको उनको भनाइ छ। उनले पार्टी गठनका क्रममा असंभव ठानिएका विषय पनि मिहेनत र संघर्षले संभव भएको दावी गरे।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार