Sep 19 2024 | २०८१, असोज ३ गते

आजबाट सदनको गतिरोध अन्त्य हुने, छानबिन समिति बन्ने

आजबाट सदनको गतिरोध अन्त्य हुने, छानबिन समिति बन्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • आजबाट सदनको गतिरोध अन्त्य हुने, छानबिन समिति बन्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ३ बजे बैठक बस्न लागेको हो । यसअघि हिजो (मंगलबार) का लागि तय भएको बैठक नबसी स्थगित गरिएको थियो । विशेष कारणवश हिजोको बैठक आजका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको थियो ।

    images
    images

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनु पर्ने माग राख्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले साउन १० गतेदेखि लगातार संसदमा अवरोध गर्दै आएको छ । जसका कारण प्रतिनिधिसभामा साउन १० देखि कार्यसूची अघि बढ्न सकेको छैन । सोमबार राति दलहरुबीच भएको छलफलमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनका लागि सरकार तयार भएको थियो । उक्त सहमति पछि हिजोको संसद सञ्चालन हुने अपेक्षा गरिएको थियो । तर सर्वदलीय बैठकबाट यो निर्णय पारित नभएकाले हिजोका लागि तय भएको बैठक स्थगित गरिएको थियो । मंगलबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि सहमति पारित हुन नसकेको हो ।

    सुन प्रकरणमा उच्चस्तरीय छानबिनका लागि गठन हुने आयोगको क्षेत्राधिकारलगायत विषयमा मस्यौदा तयार पार्न एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेको तीन सदस्यीय कार्यदल बनाइएको छ । उक्त कार्यदलले तयार पारेको मस्यौदालाई प्रधानमन्त्री दाहालले आज बोलाएको सर्वदलीय बैठकले पारित गरेको अवस्थामा प्रतिनिधिसभाको बैठकसमेत अगाडि बढ्ने छ ।

    प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकअघि सहमति बनाउन सर्वदलीय बैठक राखेका छन् । बैठकले संसदको अवरोध खुलाएको खण्डमा आजदेखि नियमित कार्यसूचीले सदनमा प्रवेश पाउने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार