images

Jun 27 2024 | २०८१, असार १३ गते

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा

    काठमाडौँ । आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ । नेपालसँगै उक्त समूहमा हङ्कङ चाइना र फिलिपिन्स रहेका छन् । 

    images
    images

    नेपालले पुरुष रग्बीमा मात्र सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएको छ ।

    यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिङ्गापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युनाइटेड अरब इमिरेटस् (युएई), चीन र अफगानिस्तान छन् ।

    रग्बीका खेलहरू सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछन् । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ । नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङ्कङविरुद्ध खेल्ने छ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।

    एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलङ्काका सन विजेसिङ्घेले प्रशिक्षण दिइरहेका छन् । नेपाली टोलीमा विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार