Sep 19 2024 | २०८१, असोज ३ गते

बढ्यो सुनको मूल्य, कतीमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतीमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • बढ्यो सुनको मूल्य, कतीमा हुँदैछ कारोबार ?

    काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो ।

    images
    images

    चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको हो । मंगलबार भने चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा करोबार भएको छ ।

    चाँदी आज प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतिताला एक हजार ४१५ रुपैयाँमा करोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार