Sep 19 2024 | २०८१, असोज ३ गते

वैदेशिक लगानी : 'कमिटमेन्ट' बढ्दाे, लगानी कमजाेर !

वैदेशिक लगानी : 'कमिटमेन्ट' बढ्दाे, लगानी कमजाेर !

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • वैदेशिक लगानी : 'कमिटमेन्ट' बढ्दाे, लगानी कमजाेर !

    काठमाडौँ । साउनमा करिब १२ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

    images
    images

    चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनासमेत रहको साउनमा ११ अर्ब ९३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जानकारी दिएको छ।

    उक्त प्रतिबद्धता ६० उद्योगमार्फत आएको विभागको भनाइ छ। प्रतिबद्धता आएका ६० उद्याोमध्ये ५४ साना उद्योग, ४ मझौला उद्योग र २ ठूला उद्योग रहेका छन्। विभागका अनुसार प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भित्रिनेमा सबैभन्दा बढी पर्यटन उद्योग र सेवा क्षेत्रका उद्योग रहेका छन्

     गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको छ ।

    गत आर्थिक वर्ष ३२७ वटा उद्योगमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

    नेपालमा ५५ राष्ट्रबाट एफडीआई आउने गरेको भए पनि हरेक वर्ष विदेशी लगानीको लाभांशबापत बाहिरिने रकम धेरै छ । पछिल्लो समय लगानी पनि घट्दै गएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष ०७८/०७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । उक्त वर्ष खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो ।

    कुल १९ अर्ब २१ करोड ९० लाख भित्रिए पनि ६५ करोड ८७ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो । त्यसैले खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको हो । आर्थिक वर्ष ०७७/७८ मा नेपालमा कुल १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार