Sep 19 2024 | २०८१, असोज ३ गते

चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा

गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३१ अर्बको आयात गरिएको थियो भने १४ अर्ब ८० करोडको निर्यात भएको थियो । चालु आर्थिक वर्षमा निर्यात ८ दशमलब ६५ प्रतिशत र आयात १ दशमलब ५६ प्रतिशतले घटेको छ । आर्थिक वर्षको पहिलो महिनामै १ सय ९ देशबाट ९७ प्रकारका वस्तु आयात भएका छन् ।

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा

    काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को पहिलो महिनाको रिपोर्टअनुसार एक खर्ब २९ अर्बको वस्तु आयात गर्दा १३ अर्ब ५१ करोडको वस्तुमात्रै निर्यात भएको छ ।

    गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३१ अर्बको आयात गरिएको थियो भने १४ अर्ब ८० करोडको निर्यात भएको थियो । चालु आर्थिक वर्षमा निर्यात ८ दशमलब ६५ प्रतिशत र आयात १ दशमलब ५६ प्रतिशतले घटेको छ । आर्थिक वर्षको पहिलो महिनामै १ सय ९ देशबाट ९७ प्रकारका वस्तु आयात भएका छन् । 

    भन्सार विभागका अनुसार साउनमा पेट्रोलियम पदार्थको आयातमै ठूलो गिरावट देखिएको छ । यस आवमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आवको साउनमा पेट्रोलियम पदार्थको आयात २५ अर्ब रुपैयाँको भएको थियो ।

    आइरन र स्टीलको आयात १२ अर्ब ९५ करोड रुपैयाँको भएको छ । यस आवमा आइरन र स्टीलको आयात सुधार भएको छ । साउन २०७९ मा ११ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो ।

    एक महिनामा साढे २ अर्ब रुपैयाँको तरकारीजन्य वस्तुको आयात भएको छ । यस महिनामा २ अर्ब ८१ करोडको औषधि आयात भएको छ ।

    सवारी साधन र यसको पार्टपूर्जा आयातमा ४ अर्ब २९ करोडको आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष यस्तो वस्तुको आयात ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको थियो ।

    नेपालको सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतबाट १ अर्ब २४ करोडको आयात भएको छ । ८ अर्ब ४ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग साउनमा मात्र ७२ अर्ब ७६ करोड रुपैयाँको व्यापार घाटा रहेको छ ।

    चीनबाट २१ अर्ब ९४ करोडको वस्तु आयात हुँदा ३९ करोड रुपैयाँको मात्र निर्यात भएको छ । साउनमा १०९ मुलुक भन्दा बढीसँग वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांक छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार