Sep 28 2024 | २०८१, असोज १२ गते

नेपालद्वारा कुवेत ३४ रनले पराजित

नेपालद्वारा कुवेत ३४ रनले पराजित

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • नेपालद्वारा कुवेत ३४ रनले पराजित

    काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

    images
    images

    नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा एक चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

    नेपालका लागि इन्दु बर्माले तीन तथा खुसी डङ्गोलले दुई विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान एक÷एक विकेट लिए ।

    त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । विन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाइन् । नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    कुवेतका लागि मरिन्मा हैदरले चार विकेट लिए भने  मरयाम ओमरले दुई विकेट लिइन् । उक्त  सिरिजमा नेपाल दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार