Aug 12 2026 | २०८३, साउन २७ गते

थाई एयरवेजले नेपालमा पुनः उडान सुरु गर्दै

थाई एयरवेजले नेपालमा पुनः उडान सुरु गर्दै

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • थाई एयरवेजले नेपालमा पुनः उडान सुरु गर्दै

    कोभिड महामारीका कारण अप्रिल २०२० देखि रोकिएको थाई एयरवेजको काठमाडौं उडान आगामी नोभेम्बरदेखि पुनः सुचारु हुने भएको छ । थाई एयरवेज इन्टरनेसनलले नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए)मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेर पुनः उडान सुचारु गर्ने तयारी गरेको हो ।  

    images

    सोसाइटीले थाई एयरवेजका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवा उपलब्ध गराउने जनाइएको छ । थाई एयरवेजले सन् १९६८ डिसेम्बरमा नेपालमा पहिलोपटक उडान गरेको थियो । थाई एयरवेजका चिफ कमर्सियल अफिसर कोराकोट चटासिंघाले काठमाडौं उडान पुनः सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गरे । ‘यस उडानले दुई देशबीचको आर्थिक गतिविधिलाई समेत अभिवृद्धि गर्नेमा विश्वस्त छौँ,’ उनले भने, ‘अस्ट्रेलिया, जापान, कोरिया, मलेसियालगायत विश्वका विभिन्न सहरमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुलाई सहज उडानको विकल्प उपलब्ध हुनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास छ ।’

    सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने, ‘थाई एयरवेजको जिएसए नियुक्ति हुनु सोसाइटी इन्टरनेसनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससहित स्थानीय विशेषताको प्रतिबिम्ब हो । यसले नेपाली जनतालाई ‘भ्याकेसन’ र ‘अनबोर्ड सर्भिस’को अवधारणा परिचय गराउनमा पनि महŒवपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट