सुनको मूल्य तोलामा पाँचसयले बढ्यो, चाँदी प्रतितोला १४ सय ६० रूपैयाँ कायम
सुनको मूल्य तोलामा पाँचसयले बढ्यो, चाँदी प्रतितोला १४ सय ६० रूपैयाँ कायम
काठमाडौं । सुनचाँदीको मूल्य दुई दिनयता लगातार बढिरहेको छ। बुधबार प्रतितोला दुई सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार तोलामा पाँच सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय ५० रूपैयाँ तोकिएको छ।
यो साता लगातार दुई दिन स्थिर रहेर त्यसयता बढिरहेको चाँदीको मूल्य बिहीबार तोलामा ३५ रूपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।