Sep 19 2024 | २०८१, असोज ३ गते

तीनपटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

तीनपटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • तीनपटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

    सिरहा भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सबस्टेसन निर्माण पूरा भएको छैन। हालसम्म ७७ प्रतिशतमात्र काम भएको छ।  

    images
    images

    नेपाल विद्युत प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सबस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एन्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सबस्टेसन निर्माणमा ढिलाइ भएको हो।

    सरकारको सिंगल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सबस्टेसनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए।

    विसं २०७४ असोज ६ गतेदेखि कार्य सुरु गर्ने सम्झौता भई १८ महिनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रोपटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने  स्थिति छैन। निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सबस्टेसन कार्य अघि बढाइने बताए।

    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दुरीका कारण हावाहुरीका समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए।

    उनले भने, ‘स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो।’ लहान वितरण केन्द्रअन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन्।  

    गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सवस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ।

    प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि ३ सय ७६ पोल गाड्नुपर्ने बताए।

    हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ। उक्त सवस्टेसन १९ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार