Aug 11 2026 | २०८३, साउन २६ गते

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

    मकवानपुर । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए।  

    images

    प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसियु र आइसियुबाहेक शय्या निःशुल्करूपमा उपलब्ध गराउनु भनी आएको निर्देशनअनुसार आफूहरुले सेवा दिन थालेको प्रसाईंले बताए । यसअघि अस्पतालमा प्रतिबेड प्रतिदिन रु दुई सय शुल्क लाग्दै आएको थियो । 

    यो निर्णयसँगै १३ जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ शय्याबाट निःशुल्क सेवा पाउन थालेका हुन् । यस्तै प्रदेश मातहतका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनःस्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्करूपमा उपलब्ध गराउन सुरु गरिएको छ । 

    प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ अनिवार्यरूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालका शय्या निःशुल्क गर्ने निर्णय गरेको र कार्यान्वयन गरिएको जानकारी दिए । 

    उनले सरकारले निःशुल्क गरेको सेवा लिनलाई नागरिकलाई आग्रहसमेत गरेका छन् । स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्गता भएका, विपन्न बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न निर्देशनसमेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट