Sep 19 2024 | २०८१, असोज ३ गते

मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौ : मन्त्री बस्नेत

मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौ : मन्त्री बस्नेत

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौ : मन्त्री बस्नेत

    काठमाडौं । सरकारले जल तथा मौसम विज्ञान विभागलाई थप साधन स्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ ।

    images
    images

    पछिल्ला दिनमा जल तथा मौसमको सूचना संकलनका लागि देशव्यापी रूपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको अवलोकन तथा निरीक्षणका लागि गएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विभागलाई थप साधन र स्रोतले सम्पन्न बनाउने र मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउने बताए ।

    बढी तथा पहिरोको पूर्वानुमानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति रोकिएको र आम जनतामा थप सूचना प्रवाहका लागि विभागले गरिरहेको काम कारबाहीको मन्त्री बस्नेतले प्रशंसा गरे ।

    हाल विभागले प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्बन्धित क्षेत्रको नदी तथा मौसमको सूचना प्रवाह गर्ने गरेको छ । यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई समेत छोटकरी सन्देश पठाउने गरेको छ । यसबाट जनधनको क्षति कम हुन सहयोग पुगेको छ ।

    अतिवृष्टि, खण्डवृष्टि तथा खडेरी जस्ता समस्या बढ्दै गएको अवस्थामा त्यसबाट जोगिन पूर्व तयारी गर्नुपर्ने र यस्ता संस्थालाई थप सबल बनाउनुपर्ने भएकाले सरकार त्यसका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ ।

    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यले पाँच सात वर्ष पहिले मौसम पूर्वानुमान कमजोर भए पनि पछिल्ला दिनमा विश्वसनीय र भरपर्दो रहेको बताए ।

    हाल विभागले दैनिक रूपमा २४ घण्टाको मौसम पूर्वानुमानको जानकारी दिने गरेको छ । यस्तै, तीन दिन र सात दिनको समेत पूर्वानुमान गर्ने गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार