Sep 19 2024 | २०८१, असोज ३ गते

भारतको बैंकिङ प्रणालीमा पहिलोपटक तरलता संकट

भारतको बैंकिङ प्रणालीमा पहिलोपटक तरलता संकट

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • भारतको बैंकिङ प्रणालीमा पहिलोपटक तरलता संकट

    भारतको बैंकिङ प्रणालीमा पहिलोपटक लगानीयोग्य पुँजी (तरलता) संकट देखिएको छ।

    images
    images

    भारतीय रिजर्भ बैंक (आरबिआई) ले अस्थायी तरलता फिर्ता लिनुका साथै करका नाममा ठूलो रकम सरकारको ढुकुटीमा गएपछि यस आर्थिक वर्षमा भारतको बैंकिङ प्रणालीको पहिलो पटक तरलता समस्या आएको हो।

    अगस्टसम्म बैंकिङ प्रणाली तरलता समस्या जारी रहने अनुमान गरिएको छ। आरबिआईका अनुसार बैंकिङ प्रणालीमा २ खर्ब ३६ अर्ब रुपैयाँ (२.८४ अर्ब डलर) कम रहेको आरबिआई तथ्यांकले देखाएको छ।  यस महिनाको सुरुमा बचत २८ खर्ब रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो। केन्द्रीय बैंक आरबिआईले मे १९ र जुलाईको बीच निक्षेपमा भएको वृद्धिका आधारमा १० प्रतिशत नगद रिजर्भ रेसियो (सिआरआर) राख्न बैंकहरूलाई निर्देशन दिएपछि बैंकिङ प्रणालीमा तरलता घट्दै गएको हो।

    पछिल्लो समय एक खर्ब रुपैयाँभन्दा बढी निक्षेप बाहिर गएको छ। सन् २०१६ मा नरेन्द्र मोदी सरकारले कालोधनलाई निस्तेज पार्न नोटबन्दी गरेको थियो।

    नोटबन्दीपछि पैसा बैंकिङ प्रणालीमा आउँदा तरलता समस्या समधान भएको थियो। नोटबन्दीअघि भारतीय बैंकिङ प्रणालीमा तरलता समस्या थियो।    

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार