Sep 28 2024 | २०८१, असोज १२ गते

महिला टी–२० : मलेसियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

महिला टी–२० : मलेसियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • महिला टी–२० : मलेसियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टी–२० आई अन्तर्गत पहिला ब्याटिङ गर्ने भएको छ ।  बायोमास ओभलमा हुने खेलमा टस हारेर नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

    images
    images

    मलेसियाविरुद्धको सिरिजको लिगको अन्तिम खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । ईश्वरी विष्ट प्लेइंग ११ बाट बाहिरिदा तीब्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किएकी छिन् । 

    नेपालले यसअघि पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । 

    नेपाली महिला टिमले यो सिरिजपछि थाइल्याण्डसँग मलेसियामै अभ्यास खेल खेल्ने छ भने त्यसपछि मुख्य प्रतियोगिता आईसीसी महिला टी २० विश्वकपको एसिया छनोट खेल्ने छ ।

    एसिया छनोटमा नेपालको समूहमा नेपालसहित युएई, कतार, मलेसिया, भुटान र बहराइन रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार