Sep 19 2024 | २०८१, असोज ३ गते

राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको अभियानमै फर्किए कमल थापा

राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको अभियानमै फर्किए कमल थापा

राजेन्द्र लिङ्देन नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टीमा पछिल्लो समय विवाद बढ्दै गर्दा थापाले आफूलाई राजसंस्थाको पक्षमा फर्काएर त्यहाँको जनमत पनि तान्ने कोसिस गरेका छन्। 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको अभियानमै  फर्किए कमल थापा

    कमल थापा कुनै बेलाका खतरा खेलाडी ।

    images
    images

    उनी बिना राष्ट्रिय राजनीति नै अधुराे ।

    जब उनी पार्टी फाेडेर अर्काे तिर लागे, उनले संघीय चुनावमा हारेनन् मात्रै राजनीति नै उनकाे संकटमा गयाे ।

    पार्टी फाेडे पछि राजालाई गाली गर्दै हिडेका उनै थापा पछिल्लाे समय ब्याक भएका छन ।

    उनले आफु नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आफूलाई राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको अभियानमै फर्काएको छ।

    काठमाडौंमा दुई दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक दस्तावेज पेस गर्दै अध्यक्ष कमल थापाले पार्टीलाई राजसंस्थान पुनर्स्थापनाको एजेन्डामै औपचारिक रुपमा फर्काएका हुन्।

    राजेन्द्र लिङ्देन नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टीमा पछिल्लो समय विवाद बढ्दै गर्दा थापाले आफूलाई राजसंस्थाको पक्षमा फर्काएर त्यहाँको जनमत पनि तान्ने कोसिस गरेका छन्। राप्रपामा अन्य नेताहरुले पछिल्लो समय अध्यक्ष राजेन्द्र लिङ्देनलाई घेराबन्दी बढाइरहेका छन्। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य नेताहरु प्रकाशचन्द्र लोहनीसहित लिङ्देनसँग असन्तुष्ट देखिएका छन्। 

    थापाले विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहे पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा हुने दस्तावेजमाा उल्लेख गरेका छन्। उनले संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मूलभुत व्यवस्था जनतामा निहीत सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुने बताए।

    ‘संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मुलभुत व्यवस्था जनतामा निहीत सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुनुपर्छ भन्ने राप्रपा नेपालको धारणा छ’, उनले भने, ‘राजनीतिलाई स्वच्छ तुल्याउन विद्यमान निर्वाचन प्रणाली आम सुधार आवश्यक छ। विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहे पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा रहनेछ। राजसंस्था पुनः स्थापनाको एजेन्डा पार्टीले महत्वपूर्ण एजेन्डाको रुपमा अघि बढाउनेछ।’

    उनले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेकाले संघीयताको नाममा कायम रहेको प्रदेश स्तरीय संरचना तत्काल खारेज हुनुपर्ने बताए। यसअघि २०७९  असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले हाललाई राजसंस्था पुनःस्थापना राप्रपा नेपालको कार्यनीतिक एजेण्डा नहुने निर्णय गरेको थियो।  शतप्रतशित राजावादी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक मामिलामा पटकपटक राजाको नाममा दरबार-निर्मल निवासबाट हस्तक्षेप हुनथालेपछि राजा दलीय राजनीतिभन्दा माथि रहने तथा राजा सबैको साझा भन्ने मान्यतामा गम्भीर आघात पुगेको भन्दै थापाले यस्तो निर्णय लिएका थिए। थापाले देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै तथा पार्टी कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुको भावनालाई सम्मान गर्दै राजसंस्था पुनःस्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने विगतको अडानलाई पुनरावलोकन र पुनर्विचार गर्ने निर्णय गरिएको दस्तावेजमा लेखेका छन्। 

    ‘यही परिप्रेक्ष्यमा ‘जनसम्प्रभुता, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रा’सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र सुशासन राप्रपा नेपालको मुख्य एजेण्डा हुनेछ’, थापाले दस्तावेजमा भनेका छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार