Sep 19 2024 | २०८१, असोज ३ गते

कार्यकारी पदमा जस्तै सक्रिय बन्न खाेज्दै राष्ट्रपति ! देशको अर्थतन्त्रबारे गभर्नरलाई बोलाएरले लिए जानकारी

कार्यकारी पदमा जस्तै सक्रिय बन्न खाेज्दै राष्ट्रपति ! देशको अर्थतन्त्रबारे गभर्नरलाई बोलाएरले लिए जानकारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • कार्यकारी पदमा जस्तै सक्रिय बन्न खाेज्दै राष्ट्रपति ! देशको अर्थतन्त्रबारे गभर्नरलाई बोलाएरले लिए जानकारी

    राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग जानकारी लिएका छन् । राष्ट्रपतिलाइ भेटन गभर्नर महाप्रसाद अधिकारी शुक्रवार दिउँसो राष्ट्रपति भवन शीतलनिवास गएका थिए ।  

    images
    images

    ‘भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराउनुभएको थियो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।  

    मुलुकको अर्थतन्त्र चलायमान बन्न नसकेको भनेर सरोकारवालाले चिन्ता व्यक्त गरिरहेको समयमा राष्ट्रपतिले गभर्नरसँग कुरा गरेका हुन् । राष्ट्रपतिले गभर्नरसँग गर्ने यस्ता भेटलाइ दुर्लभ मानिन्छ । 

    यसैसाता मंगलवार राष्ट्रपति पौडेलले संसद अवरोध हटाउन भन्दै प्रतिनिधिसभामा रहेका दलहरूसँग छलफल गरेका थिए । तर, राष्ट्रपतिले राजनीतिक सक्रियात देखाउन खोजेको भन्दै नेकपा (एमाले)ले शीतलनिवासमा राखिएको बैठक बहिस्कार गरेको थियो ।

    पौडेलले भने राजनीतिक सक्रियता जनाउने कुनै मनसाय नरहेको बताएका थिए । लामो अस्वस्थतापछि पौडेलले पछिल्लो समय राजनीतिक दलका नेताहसँग भेटवार्ता गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार