Sep 19 2024 | २०८१, असोज ३ गते

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक छ : नेता महर

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक छ : नेता महर

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक छ : नेता महर

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरुसँग आज शुक्रबार भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखे । 

    images
    images

    “पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस”, उनले भने । 

    युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसका काम गर्न चाहना राखेर नेताका लागि पाठशालाका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रुपमा युवा कांग्रेस बनाउन सकिने उनको अवधारणा छ । 

    “पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो मुद्दा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ”, उनले भने । 

    विसं २०५१ सालको मध्यावधि निर्वाचनपछि पार्टीमा संकट देखिँदा २०५४ सालमा तरुण दल ब्यूँताइएको स्मरण गर्दै नेता महरले अहिले पनि युवा कांग्रेस बनाउनु आवश्यकता भएकोमा जोड दिए । 

    “विसं २०५१ सालपछि पार्टीमा संकट देखियो । त्यसपछि तरुण दलका कारण कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । विसं २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो”, उनले भने, “अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको  ध्यानाकर्षण गराउँदछु ।”

    पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फत त्यसको उठान गर्न सकिने उनको विश्वास छ । राजनीतिक दलका नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने तालिम केन्द्रका रुपमा युवा कांग्रेसलाई बिकास गर्न सकिने उनको भनाइ छ । उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका लागि पनि युवा कांग्रेस पार्टी प्रवेशको द्वार बनाउन सकिने  बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार