Aug 12 2026 | २०८३, साउन २७ गते

एप्पल वाचजस्तै देखिने कोर्नको नयाँ स्मार्टवाच नेपाली बजारमा 

एप्पल वाचजस्तै देखिने कोर्नको नयाँ स्मार्टवाच नेपाली बजारमा 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • एप्पल वाचजस्तै देखिने कोर्नको नयाँ स्मार्टवाच नेपाली बजारमा 

    काठमाडौं। कोर्न ब्रान्डको नयाँ स्मार्टवाच ‘सीडब्लू ८ म्याक्स’ (CW8 MAX) नेपालमा आएको छ । नेपालका लागि कोर्नको आधिकारिक बिक्रेता केमियो इन्टरनेसनले याे माेडेल भित्र्याएको हो ।

    images

    यो स्मार्टवाच औपचारिक रूपमा आगामी मंगलबार अर्थात् २९ अगस्टमा सार्वजनिक हुनेछ । एप्पल वाच अल्ट्राको डिजाइनबाट प्रभावित सीडब्लू ८ म्याक्सको युजर इन्टरफेस एन्ड्रोइड थिममा रहेको छ ।


    आईफोन र एन्ड्रोइड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाइन, विल्ड क्वालिटी र युजर इन्टरफेस आकर्षक भएको कम्पनीको दाबी छ ।

    मेटल बडी भएको यो स्मार्टवाचमा २ इन्च ठूलो एचडी डिस्प्ले समावेश गरिएको छ । यसमा रियल टाइम हेल्थ मनिटरिङ, ब्लड प्रेसर मनिटरिङ, स्लिप मनिटरिङ, ब्लड अक्सिजन मनिटरिङ, हर्ट रेट मनिटरिङ लगायतका फिचर छन् ।

    आईपी ६७ वाटर रेसिस्टेन्स रहेको यो स्मार्टवाच स्क्र्याच प्रुफ भएको कम्पनीले जनाएको छ । ब्लुटुथ कलिङका साथमा एसएमएस अलर्ट, मिस्ड कल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामेरा कन्ट्रोलजस्ता फिचर समावेश गरिएको छ ।

    यसमा ३०० एमएएच क्षमताको ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा १५ दिनको ब्याकअप दिने कम्पनीको भनाइ छ ।

    वायरलेस चार्जिङ तथा एनएफसी समेत भएको स्मार्टवाचमा ब्लुटुथ ५.० को प्रयोग गरिएको छ ।

    नेपाली बजारमा यो स्मार्टवाचको मूल्य सात हजार ५०० सय तोकिएको छ । यो एक वर्षको वारेन्टीका साथ खरिद गर्न सकिन्छ । कोर्नले सीडब्लु ८ म्याक्स ​स्मार्टवाचको अगस्ट २९ अर्थात् मंगलबार सार्वजनिक गर्न लागेको छ ।

    दराजको अनलाइन सेल्स पोर्टलमा सार्वजनिक हुन लागेको यो स्मार्टवाचका लागि कम्पनीले विशेष अफरको घोषणा गरेको छ ।

    यसअन्तर्गत सीडब्लु ८ म्याक्स स्मार्टवाचलाई एक्स्कुलसिभ लन्चमा सहभागीमध्ये पहिला २० ग्राहकले चार हजार ९९९ रुपैयाँमा स्मार्टवाच लिन सक्नेछन् । त्यसपछिका बाँकी ८० ग्राहकहरूले पाँच हजार ४९९ रूपैयाँ र थप ८० ग्राहकहरूले पाँच हजार ९९९ रुपैयाँमा स्मार्टवाच खरिद गर्न सक्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट