Sep 19 2024 | २०८१, असोज ३ गते

प्रधानन्यायाधीश सर्वोच्च सुधारमा : पेसी व्यवस्थापनमा आजबाट स्वचालित प्रणाली लागू

प्रधानन्यायाधीश सर्वोच्च सुधारमा : पेसी व्यवस्थापनमा आजबाट स्वचालित प्रणाली लागू

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • प्रधानन्यायाधीश सर्वोच्च सुधारमा : पेसी व्यवस्थापनमा आजबाट स्वचालित प्रणाली लागू

    सर्वोच्च अदालतमा सोमबारदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको छ । पदभार सम्हालेसँगै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार (११ भदौ) बाट स्वचालित पेसी प्रणाली सुरु हुने बताएअनुसार बिहान ११ बजे सर्वोच्चमा यसको सुरुवात गर्दै छन् ।

    images
    images

    उनले ५ भदौमा सर्वोच्चको नेतृत्व सम्मालेका थिए । ‘पहिले कर्मचारीको तजबिजका आधारमा पेसी तारिख तोकिन्थ्यो । अब सिस्टमबाटै तोकिने भएको छ । यस्तोमा कर्मचारीमाथि प्रश्न उठ्दैन, सेवाग्राहीलाई पनि सहज हुन्छ,’ आइतबार पत्रकारहरूसँगको भेटमा प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘पहिले सर्वोच्चमा परीक्षण गर्छौँ । के–कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि बढी मुद्दाको चाप हुने काठमाडौं जिल्लालगायतका अदालतहरूमा पनि यो प्रणाली लागू हुन्छ ।’

    प्रधानन्यायाधीश श्रेष्ठका अनुसार पक्षले चाहेमा पेसी र अदालती कामकारबाही शीघ्र फस्र्योट हुन सक्छन् । तर, पेसीमै पनि पक्षहरूबीच मतैक्यता नहुँदा तथा एउटा पक्षले ढिलाइ गर्न चाहेमा वा अर्को पक्षलाई दुःख दिने नियतले कतिपय अवस्थामा ढिला हुने गरेको उनले बताए । उनले न्यायपालिकाभित्रका विकृति–विसंगति हटाउने तथा न्यायपालिकाप्रति आस्था बढाउने गरी काम गरिरहेको बताए । न्यायपरिषद्मा उजुरीहरू थुप्रिएकोमा उनले ती सबै बिस्तारै फस्र्योट हुने बताए । न्यायपरिषद्ले नै गर्ने न्यायाधीश नियुक्तिसमेत शीघ्र गर्ने तयारीमा आफू रहेको उनको भनाइ थियो ।

    ‘न्यायाधीश नियुक्ति नभई नहुने भएको छ । इजलासहरू खाली हुँदै गएको हामीले महसुस गरेका छौँ,’ श्रेष्ठले भने, ‘न्यायाधीश नहुँदा सबै ठाउँमा असर परेको छ । क्षमतावान् न्यायाधीश नियुक्त हुनेछन् ।’ हाल सर्वोच्च अदालतमै सातजना न्यायाधीशको पद रिक्त छ भने सातमध्ये ६ उच्च अदालतमा मुख्य न्यायाधीश छैनन् । उच्च अदालतहरूमा एकतिहाइ न्यायाधीशको पदपूर्ति हुन सकेको छैन । जिल्ला अदालतहरूमा पनि तीन दर्जन हाराहारी पद रिक्त छन् । सामान्यतया संवैधानिक इजलास बुधबार र शुक्रबार बस्ने भए पनि पछिल्लो वर्षमा नियमित थिएन ।

    उनले नेतृत्व गरेयता नियमित बसेको छ । दुईपटक इजलास बसेर विभिन्न गम्भीर तथा महत्वपूर्ण विषयमा आदेशसमेत जारी गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार