Sep 28 2024 | २०८१, असोज १२ गते

सन्दीप लामिछानेको बिदाइ

सन्दीप लामिछानेको बिदाइ

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • सन्दीप लामिछानेको बिदाइ

    काठमाडौं । एसिया कप–२०२३ का लागि पाकिस्तान जान लागेका सन्दीप लामिछानेलाई सोमबार बिदाइ गरिएको छ ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको हो । 

    सन्दीप आज ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तान जाँदै छन् ।

    एक नाबालिगको बलात्कार आरोप मुद्दाको पेसी यही भदौ २१ गतेलाई तोकिएपछि सन्दीप पाकिस्तान जाने निश्चित भएको हो । उक्त मुद्दामा आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो ।

    गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार