images

Jun 27 2024 | २०८१, असार १३ गते

एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

    काठमाडौँ ।  एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने आज सोमबार पाकिस्तान प्रस्थान गरेका छन्। लामिछाने कतारको दोहा हुँदै पाकिस्तान पुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

    images
    images

    भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोली भदौ ५ गते राति पाकिस्तान प्रस्थान गरिसकेको छ।

    आइतबार अन्तिम सुनुवाइ हुने भनिएको लामिछानेको मुद्दा हेर्न नभ्याउनेमा परेपछि उनी आज पाकिस्तान गएका हुन्। लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ। 

    प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली रहेको छ। टोलीमा कप्तान पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने रहेका छन्।

    त्यस्तै क्यानले करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सुन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाललाई टोलीमा समावेश गरेको छ। 

    नेपालले पहिलो पटक एसिया कप खेल्दैछ। एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच हुनेछ भने भारतसँगको दोस्रो खेलमा श्रीलंकामा खेल्नेछ।
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार