साताको अन्तिम दिन नेप्से ४.६३ अंकले बढ्यो , ४ अर्ब ६० करोडको कारोबार
साताको अन्तिम दिन नेप्से ४.६३ अंकले बढ्यो , ४ अर्ब ६० करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचकमा ४.६३ अंकले बढेर दुई हजार ५८६.२३ बिन्दुमा बजार बन्द भएको हो ।
आज १३ उपसमूहमध्ये ८ उपसमूहको शेयर बढ्दा ५ को घटेको छ भने कारोबार भएका १५६ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै ७७ कम्पनीको मूल्य घटेको छ ।
यसदिन कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ बराबरको ९४ लाख २४ हजार ९ कित्ता शेयर कारोबार भएकोमा यसदिन ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ ।