images

May 17 2024 | २०८१, जेठ ४ गते

एनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

एनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • एनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ प्राप्त गरेको छ ।

    images
    images

    हालै राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा एनसेलले सो अवार्ड पाएको हो ।

    मार्केटिङ डोमेन इन्स्टिच्युसन क्याटेगोरी अन्तर्गत कम्पनीले यो अवार्ड पाएको छ । “यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो ।

    नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो ।” उनले अगाडि भने, “हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिंदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्दै आएका छौं र त्यो कार्य जारी राख्नेछौं ।”

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट