Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधि सभाका १० वटै समितिको बैठक बस्दै

प्रतिनिधि सभाका १० वटै समितिको बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • प्रतिनिधि सभाका १० वटै समितिको बैठक बस्दै

    प्रतिनिधि सभाअन्तर्गत १० वटै विषयगत समितिको बैठक सोमबार बस्दै छ।

    images
    images

    समितिको सभापति निर्वाचनका लागि सबै विषयगत समितिको बैठक दिउँसो ३ बजे बाेलाइएको हो।

    संसदीय समितिको बैठकमा आज सभापति घोषणा हुने छ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितबाहेक अन्य ९ वटा समितिमा एकल उम्मेदवारी परेको छ।यसमा मात्रै निर्वाचन हुन लागेको हो।

    उद्योग तथा वाणिज्य समितिमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षीका तर्फबाट जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश पराजुली उम्मेदवार बनेका छन्।

    दिउँसो ३ बजे प्रस्ताव प्रस्तुत गर्ने मतदानको प्रक्रिया अघि बढ्ने छ।

    आइतबार कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवाले उम्मेदवारी दिएका थिए। एकल उम्मेदवारी परेका कारण तीनै जना निर्विरोध सभापति चयन भएका छन्। यद्यपि त्यसको घोषणा भने हुन बाँकी छ।

    त्यस्तै नेकपा (एमाले)बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहको उम्मेदवारी परेको थियो। उनीहरू पनि निर्विरोध चयन भइसकेका छन्।

    जनता समाजवादी पार्टीबाट राजकिशोर साहले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उम्मेदवारी दिएका छन् भने शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी उम्मेदवार बनेका छन्। नेकपा (माओवादी केन्द्र) ले कानून, न्याय तथा मानवअधिकार समिति पाएको छ। जसमा विमला सुवेदी उम्मेदवार बनेकी छिन्। उनीहरू पनि निर्विरोध सभापति चुनिइसकेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डामा पूर्वाधार विकास समिति पाएको छ।  

    उक्त समितिमा राप्रपाबाट दीपक सिंह निर्विरोध चुनिए। राप्रपालाई समिति सभापति दिने क्रममा कोशी प्रदेश सरकार गठनका विषयमा समेत सहमति बनेको बताइएको छ। 

    संसदीय समितिहरूले कानून निर्माणका साथसाथै सरकारका काम कारबाहीको निगरानी गर्ने गर्छन्। प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई डाकेर समितिहरूले प्रष्टीकरण लिन पाउँछन् भने सरकारको कामको निगरानी गर्ने गर्छन्।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार