Feb 17 2025 | २०८१, फागुन ५ गते

images
images

नेपालको अस्कर समितिले माग्यो चलचित्र

नेपालको अस्कर समितिले माग्यो चलचित्र

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • नेपालको अस्कर समितिले माग्यो चलचित्र

    काठमाडौँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित छनोट समितिले आह्वान गरेको छ । सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो  अवार्डका लागि नेपालस्थित समितिमा यही भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने  समिति सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए। 

    images
    images
    images

    उनले भने, “प्राप्त चलचित्र हेरेपछि हामीले एउटालाई असोज १ गतेसम्म अस्करमा पठाउँछौँ । कमिटीले तयार गरेको मापदण्डमा नेपालको मौलिकता झल्किने चलचित्रलाई सिफारिस गर्ने गरिएको छ ।”

    मापदण्डअनुसार तोकिएको मितिभित्र चलचित्र प्रदर्शन भएको हुनुपर्ने, केन्द्रीय चलचित्र जाँचसमितिबाट पास भएको हुनुपर्ने, चलचित्र भवनमा कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने वा मान्यताप्राप्त ओटिटीमा प्रदर्शन भएको हुनुपर्ने छ । विसं २०७९ असोज  १५ गतेदेखि विसं २०८० भदौ २९ अघिसम्म प्रदर्शन भएका चलचित्रहरू प्रतिस्पर्धामा सहभागी हुन् पाउनेछन्। 

    चलचित्र विकास बोर्ड सदस्य राजु केसीको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरिएको छ । समितिमा मञ्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना सदस्य र हृतिका भट्टराई सचिव छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट