Sep 19 2024 | २०८१, असोज ३ गते

सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू सदनमा पेस गर्नुहुन्न : सोविता गौतम

सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू सदनमा पेस गर्नुहुन्न : सोविता गौतम

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू सदनमा पेस गर्नुहुन्न : सोविता गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसद्मा पेस गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

    images
    images

    सरकारले ८१ वटा ऐनहरु आकर्षित हुने सो विधेयक सांसदहरुलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसद्मा पेस गरिएको भन्दै आलोचना गरिन् । 

    मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराए । उनले सरकारलाई विधेयकहरु आफूले पढेर मात्रै संसद्मा पेस गर्न पनि सचेत गराए ।

    “यसरी प्रस्तुत नगरौँ है भनेर पटकपटक अनौपचारिक छलफलहरु पनि गयौँ । तर त्यसको बाबजुत पनि आज यो यसरी प्रस्तुत भएको छ,” उनले भनिन्, “विचार गरियोस् भनिएको छ । जसमा कसैले ७९ भन्नुभएको छ । कसैले ८० भन्नुभएको छ । वास्तवमा यसलाई हामीले तलदेखि माथिसम्म ८१ वटा ऐनहरु आकर्षित गरिएको छ । ८१ वटा ऐनहरु कसरी पढेर, संशोधन गरेर यो ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने हामीलाई थाहा छैन । विभिन्न मन्त्रीजीहरुले मन्त्रालयअनुसार अलगअलग प्रस्तुत गर्नुपर्नेमा खिचडी बनाएर प्रस्तुत गरिएको छ ।”

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार