images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

महिना दिनमै वर्ल्डलिंकका १८ हजार ग्राहक घटे

महिना दिनमै वर्ल्डलिंकका १८ हजार ग्राहक घटे

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • महिना दिनमै वर्ल्डलिंकका १८ हजार ग्राहक घटे

    काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक महिनामै १८ हजारभन्दा बढी ग्राहक गुमाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआइएस रिपोर्टअनुसार वर्ल्डलिंकले एक महिनामै यति ठूलो संख्यामा ग्राहक गुमाएको हो।

    images
    images
    images

    रिपोर्टअनुसार २०७९ चैतसम्म वर्ल्डलिंक ग्राहकसंख्या ७ लाख ७१ हजार ४ सय ६२  थियो। तर, २०८० वैशाखमा आउँदा एक महिनामै वर्ल्डलिंकले १८ हजार ८ सय ८९ ग्राहक गुमाउँदै ७ लाख ५२ हजार ५ सय ७३ मा सिमित भएको हो।

    वर्ल्डलिंकपछि डिस मिडिया नेटवर्क (डिसहोम) र नेपाल टेलिकमले पनि उच्च संख्यामा ग्राहक गुमाएका छन्। चैतसम्म २ लाख ४० हजार ६ सय ६८ ग्राहकसंख्या रहेको डिसहोमले एक महिनामा ११ हजार २२ ग्राहक गुमाउँदै २ लाख २९ हजार ६ सय ४६ ग्राहकमा सिमित भएको छ। त्यस्तै चैतसम्म २ लाख ८७ हजार १ सय ९० ग्राहक रहेको नेपाल टेलिकमले एक महिनामा १० हजार २ सय ६२ ग्राहक गुमाउँदै ७ लाख ५२ हजार ५ सय ७३ मा सिमित भएको छ।

    internet1692778658.jpg

    यस एक महिना अवधिमा सुबिसुले ४ हजार ७ सय ५९ र ब्रोडलिंकले २ हजार ५ सय ९६ ग्राहक गुमाएका छन्। साथै, यस अवधिमा वेब सफरले सबैभन्दा बढी ५ हजार ३ सय १२ ग्राहक थप गर्दा सिजी नेटले ४ सय ८२ नयाँ ग्राहक थपेको छ। यसैगरी भायानेट, क्लासिक टेक र टेक माइन्ड्सको ग्राहकमा भने एक महिना अवधिमा कुनै घटबढ भएको छैन।

    यसो त, ०७९ चैतबाट ०८० वैशाखसम्मको एक महिना अवधिमा समग्र इन्टरनेट सेवा प्रदायकका ग्राहक संख्यामा गिरावट आएको देखिन्छ। चैतमा २६ लाख ७३ हजार ४ सय ७१ रहेको कूल सेवा प्रदायक ग्राहकसंख्या वैशाखमा ३७ हजार ७ सय ७८ ले घटेर २६ लाख ३५ हजार ६ सय ९३ मा सिमित भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट