Sep 08 2024 | २०८१, भदौ २३ गते

आठ सयले बढ्यो सुनको मूल्य

आठ सयले बढ्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • आठ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सय ५० थियो ।
     
    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार चार सय ८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट