Sep 19 2024 | २०८१, असोज ३ गते

संसदीय समितिका सभापतिहरूलाई सभामुख घिमिरेको निर्देशन- काम प्रभावकारी ढंगले अघि बढाउनू

संसदीय समितिका सभापतिहरूलाई सभामुख घिमिरेको निर्देशन- काम प्रभावकारी ढंगले अघि बढाउनू

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • संसदीय समितिका सभापतिहरूलाई सभामुख घिमिरेको निर्देशन- काम प्रभावकारी ढंगले अघि बढाउनू

    सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरूलाई निर्देशन दिएका छन् ।

    images
    images

    बुधबार सभामुख, उपसभामुखसहित १० वटै संसदीय समितिको सभापतिहरूसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले समितिमा आउने विधेयकहरूलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए । उनले समितिहरूले गतिका साथ काम गर्नुपर्ने पनि बताए ।

    अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरूले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सही ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताए ।

    बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरू र विधेयकसँग सम्बन्धित कामहरूको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन् । उनले समितिको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषय नै सभामुखले राखेको जानकारी दिइन् ।

    सभापति सुवेदीले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोही अनुरुप गम्भीरतापूर्वक समितिका काम, कारबाही अघि बढाउन सभामुखले निर्देशन दिएको बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार