Sep 17 2024 | २०८१, असोज १ गते

सीआईबीका उच्च अधिकारी सुन प्रकरणबारे अनुसन्धान गर्न भारत जाँदै

सीआईबीका उच्च अधिकारी सुन प्रकरणबारे अनुसन्धान गर्न भारत जाँदै

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • सीआईबीका उच्च अधिकारी सुन प्रकरणबारे अनुसन्धान गर्न भारत जाँदै

    ६० किलो सुन प्रकरणबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि सीआईबीले एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि भारत पठाउन लागेको हो ।

    सीआईबीले बिहिबार नै अनुसन्धान अधिकृतलाई भारत पठाउने तयारी गरेको छ । हङकङबाट काठमाण्डु ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि सीआईबीले एक जना अधिकृतलाई भारत पठाउन लागेको जनाइएको छ ।

    सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको छ। गत ३ साउनमा हङकङबाट नेपाल ल्याइएको ६० किलो ७१६ ग्राम अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएका बेला बरामद गरेको थियो।

    सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ। राजस्व अनुसन्धान विभागबाट हुँदै आएको सुन तस्करी छानबिनको जिम्मा सरकारले सीआईबीलाई गत १२ साउनमा सुम्पिइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार