Sep 17 2024 | २०८१, असोज १ गते

पर्सामा टाउको र शरीर अलग गरिएको अवस्थामा युवतीको शव फेला

पर्सामा टाउको र शरीर अलग गरिएको अवस्थामा युवतीको शव फेला

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • पर्सामा टाउको र शरीर अलग गरिएको अवस्थामा युवतीको शव फेला

    पर्सामा हत्या भएको अवस्थामा एक युवतीको शव फेला परेको छ। 

    images
    images

    शरीर र टाउको अलग गरिएको अवस्थामा दुई दिनअघि नै फेला परेको करिब २० वर्षीया युवतीको शवको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

    जिराभवानी गाउँपालिका ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा पर्ने स्मृति खोलामा मंगलबार साँझ टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। 

    शव भेटिएको ठाउँ एकान्त जंगल क्षेत्रमा पर्छ। शव भेटिएको ठाउँभन्दा केही पर प्रहरीले शवको टाउको पनि फेला पारेको थियो। ‘शव र घटनास्थलको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरेर युवतीको हत्या भएको देखिन्छ,’ एसपी शाहले भने, ‘सडिसकेको अवस्थामा फेला परेको कारण शवको सनाखतको लागि समस्या भइरहेको छ।’

    शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं पठाइने एसपी शाहले बताए। ‘यहाँ पोष्टमार्टको लागि राम्रो प्रविधि नभएको कारण टिचिङ अस्पताल पठाउने तयारी हुँदैछ,’ एसपी शाहले भने।

    खोलामा टाउकोबिनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले सुरुमा टाउको बिनाको शव फेला पारेको थियो। पछि खोजी गर्ने क्रममा शव भेटिएको केही पर टाउको पनि फेला परेको थियो।

    हाल शव पोष्टमार्टमको लागि नारायणी अस्पतालको शव गृहमा राखिएको छ। 

    शव पहिचान भएपछि मात्रै घटनाको अनुसन्धान गर्न सहज हुने भएकाले कोही युवती हराइरहेका भए शवसँग हुलिया मिल्ने युवतीका आफन्तलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार