Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रचण्ड असोज पहिलो साता चीन जाने, पूर्वाधारदेखि अन्तरदेशीय प्रसारण लाइनसम्मका एजेन्डा उठाउने

प्रचण्ड असोज पहिलो साता चीन जाने, पूर्वाधारदेखि अन्तरदेशीय प्रसारण लाइनसम्मका एजेन्डा उठाउने

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • प्रचण्ड असोज पहिलो साता चीन जाने,  पूर्वाधारदेखि अन्तरदेशीय प्रसारण लाइनसम्मका एजेन्डा उठाउने

    केहि दिन अघि भारत गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज पहिलो साता चीन भ्रमणमा जाने भएका छन ।

    images
    images

    प्रधानमन्त्री दाहालले नाकामा अवरोधबिना सवारी गुड्ने पूर्वाधारदेखि अन्तरदेशीय प्रसारण लाइनसम्मका एजेन्डा तयार पारेका छन्।

    भ्रमणको औपचारिक मिति घोषणा नभए पनि प्रधानमन्त्री दाहाल असोज पहिलो साता जानेगरी आर्थिक र पूर्वाधार निर्माणका विषयमा केन्द्रित भएका छन्। प्रधानमन्त्री दाहालले सबै परियोजना ऋणमा भन्दा अनुदानमा बनाउन केन्द्रित गर्नेसमेत एजेन्डा तय पारेका छन्।

    प्रधानमन्त्री दाहालले यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने बताउँदै आएका छन्। नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने साथै दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषयलाई समेत एजेन्डामा राखिएको छ।

    सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटीलाई मुख्य जोड भ्रमणमा राखिने छ। कृषि¸ शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहने उनको भनाइ छ।

    बेइजिङमा चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा सुरुङमार्ग र अन्तरदेशिय प्रसारण लाइनमा केन्द्रित हुने प्रधानमन्त्री दाहालले बताउँदै आएका छन्।

    हिल्सा-सिमिकोट जोड्ने कर्णाली करिडोर र खाँदबारी किमाथांका जोड्ने कोशी करिडोर निर्माणको लागि नेपालबाट प्रस्ताव राख्न लागिएको छ। चीन भ्रमणका क्रममा अरनिको राजमार्गमा रहेको धुलिखेलदेखि कोदारीसम्म सडकलाई चार लेनमा विस्तार गरेर कालोपत्रे गर्न प्रस्तावसमेत लैजाने तयारी गरिएको छ। 

    टोखा-छहरे सुरुङमार्ग निर्माणको लागि लगानी जुटाउन पनि प्रस्ताव गरिने छ। चक्रपथ विस्तारको दोस्रो खण्डको निर्माण काम छिट्टै सुरुवात गर्न पनि आग्रह गर्ने तयारी प्रधानमन्त्री दाहालले तयारी गरेका छन्। 

    भारत र बंगलादेशसँगै पछि नेपालले चीनसँग अन्तरदेशीय विद्युत् व्यापार गर्ने प्रक्रियासमेत अगाडि बढाउने भएको छ। नेपाल र चीनबीच ऊर्जामा सहकार्य गर्ने समझदारी सन् २०१८ मै भएको थियो। सोहीअन्तर्गत नेपाल र चीनबीच विद्युत् व्यापारको प्रारम्भिक प्रक्रिया अघि बढाउने तयारी नेपालले गरेको हो। नेपाल र चीनबीच विद्युत् व्यापार सम्बन्धमा पनि प्रारम्भिक चरणको समझदारी गर्ने तयारी गरिएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट