images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सवारी साधनको भाडा पनि बढ्ने

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सवारी साधनको भाडा पनि बढ्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि,  सवारी साधनको भाडा  पनि बढ्ने

    काठमाडौं। नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढायो। भारतबाट आएको  स्वचालित नयाँ मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

    images
    images
    images

    निगमले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको छ। 

    निगमका अनुसार मूल्यवृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १ सय ८२ रुपैयाँ पर्ने भएको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य १ सय ७० पर्नेछ।

    पेट्रोलियम पदार्थको मूल्य घट्दा वा बढ्दा स्वचालित भाडा प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिने यातायात व्यवस्था विभागको अभ्यास छ। 

    आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि गाडी भाडा नबढ्ने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए। 

    ‘हामीले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत बढ्दा वा घट्दा भाडा समायोजन गर्छौं। यो पटकको मूल्य वृद्धिले त्यो थ्रेसहोल्ड कटाएको छैन,’ उनले भने ‘अर्काे पटक पनि मूल्य वृद्धि भयो र अहिलेको मूल्य वृद्धिसगँ जोड्दा थ्रेसहोल्ड कट्यो भने समायोजन गर्छौं।’  

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट