images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

पठाओ एपमा आजदेखि फुड डेलिभरी निःशुल्क

पठाओ एपमा आजदेखि फुड डेलिभरी निःशुल्क

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • पठाओ एपमा आजदेखि फुड डेलिभरी निःशुल्क

    काठमाडौं । राइड हेलिङ प्लेटफर्म पठाओले आज (शुक्रबार) देखि फुड डेलिभरी निःशुल्क गर्ने भएको छ । कम्पनीले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसर पारेर यो सेवा सुरु गरेकाे हो । 

    images
    images
    images

    'रेस्टुरेन्टको दाममा घरमै खाम' भन्ने नाराका साथ कम्पनीले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरू निःशुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।


    राति १२ बजेदेखि बिहान तीन बजेसम्मका फुड अर्डरमा भने १५० रुपैयाँ डेलिभरी चार्ज लाग्नेछ । कम्पनीको वार्षिक उत्सवको अवसरमा नयाँ सेवा घोषणा गरेको भए पनि यो सेवा सम्भवतः सधैंका लागि निःशुल्क हुनसक्ने कम्पनीले जनाएको छ ।  

    पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौं वार्षिकोत्सव मनाउँदै छ । आफ्नो वार्षिकोत्सवलाई लक्षित गर्दै विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीले जनाएकाे छ । कम्पनीले छ सयभन्दा बढी रेस्टुरेन्टबाट उपलब्ध हुने खाना उपभोक्तालाई डेलिभरी गर्दै आइरहेको छ । सन् २०२० सेप्टेम्बर २४ देखि पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो । पठाओले अगस्ट ९ देखि पठाओ पार्सल सेवा समेत सुरु गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट