Sep 08 2024 | २०८१, भदौ २३ गते

ओलीकाे नेतृत्वमा सेजनमा नयाँ कार्यसमिति

ओलीकाे नेतृत्वमा सेजनमा नयाँ कार्यसमिति

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
  • ओलीकाे नेतृत्वमा सेजनमा नयाँ कार्यसमिति

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सेजनको  २५ औं वार्षिक साधरणसभा तथा अधिवेशनबाट क्यापिटल नेपालका ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको  हो । 

    images
    images

    आर्थिक पत्रकारहरुको छाता संगठन सेजनको साधारणसभाले उपाध्यक्षमा ग्यालेक्सी फोरके टेलिभिजनका विनय वञ्जरालाई निर्वाचित गरेको छ । यसैगरी सेजनको महासचिवमा गोरखापत्र दैनिकका विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा क्लिकमाण्डू डटकमका सोभित थपलिया  र कोषाध्यक्षमा अनलाईनखबरका अच्युत पुरी निर्वाचित भए । 

    सेजन सदस्यहरूमा उकालो डटकमकी केशु लामिछाने, राससका हेमन्त जोशी, अन्नपूर्ण पोष्टकी ममता थापा, एनएनटीभीका छवि सापकोटा र बिजमाण्डू डटकमका वसन्तराज उप्रेती निर्वाचित भएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट