Sep 08 2024 | २०८१, भदौ २३ गते

सवारीसाधनमा महिलामाथि दुर्व्यवहार : एक वर्षमा तीन सय ९५ जनामाथि कारबाही 

सवारीसाधनमा महिलामाथि दुर्व्यवहार : एक वर्षमा तीन सय ९५ जनामाथि कारबाही 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
  • सवारीसाधनमा महिलामाथि दुर्व्यवहार : एक वर्षमा तीन सय ९५ जनामाथि कारबाही 

    सार्वजनिक सवारीसाधनमा महिलालाई दुर्व्यवहार गर्ने तीन सय ९५ जना पछिल्लो एक वर्षमा कारबाहीमा परेका छन् । सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको सेफ्टी पिन अप्रेसनअन्तर्गत उनीहरू कारबाहीमा परेका हुन् । 

    images
    images

    अभियानअन्तर्गत प्रहरीले सार्वजनिक सवारीसाधनमा सादा पोसाकमा प्रहरी खटाउँदै आएको छ । खटिएका प्रहरीले महिलामाथि दुर्व्यवहार गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्ने गरेका छन् । पहिलोपटक यस्तो गतिविधि गर्नेलाई सम्झाएर छाडिने र पछि फेरि त्यस्तै गतिविधि गरेमा मुद्दा चलाइने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले बताए ।

    ‘अभियानअन्तर्गत २०७९ को साउनदेखि हालसम्म तीन सय ९५ जनालाई पक्राउ गरिएको छ,’ उनी भन्छन्, ‘त्यसमा छानबिन गरी दुई सय २८ जनाउपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरको शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइएको छ ।’ 

    सार्वजनिक सवारीमा यात्रारत महिलाले आफूलाई हैरानी पुर्‍याउने व्यक्ति तथा सवारीसाधनबारे तत्कालै १०० मा फोन गरी जानकारी दिन प्रहरीले आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालबाट समेत उजुरी दिन सकिने एसएसपी मैनाली बताउँछन् । 

    सार्वजनिक यातायातलाई मर्यादित बनाउन उपत्यकाका विभिन्न स्थानमा प्रहरी परिचालन गरिएका छन् । काठमाडौंका ३५ स्थान, ललितपुरका १० स्थान र भक्तपुरका १२ स्थानलाई आधार मानेर प्रहरी परिचालन गरिँदै आएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । खासगरी भिडभाड हुने सार्वजनिक सवारीमा महिलाले दुर्व्यवहार भोग्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट