images

May 17 2024 | २०८१, जेठ ४ गते

साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने

साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
  • साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छन् ।

    images
    images

    १५ भदौ शुक्रबार दुई संस्थाबीच मर्जरमा जानेसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपातमा मर्जरमा जाने सहमति भएको साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

    मर्जरपछि बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था र केन्द्रीय कार्यालय चितवन राख्ने सहमति भएको छ । मर्जरपछि बन्ने संस्थाको चुक्ता पुँजी ७० करोड नाघ्नेछ ।

    हाल साधनाको ३८ करोड र सबैको लघुवित्तको चुक्ता पुँजी ३२ करोड रहेको छ ।

    मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति अध्यक्षमा हालको साधनाबाट र प्रमुख कार्यकारी अधिकृत सबैको लघुवित्तका केशवप्रसाद पौडेल हुनेछन् ।

    सञ्चालक समितिमा साधनाबाट २ जना र सबैकोबाट २ जना तथा सर्वसाधारण सेयरधनीको तर्फबाट दुवै संस्थाबाट एक/एक जना हुनेछन् । स्वतन्त्र सञचालक साधना लघुवित्तबाट आउने सहमति भएको हो ।

    गत आर्थिक वर्षको मुनाफबाट दुवै संस्थाले क्षमता भएसम्म लाभांश बाँडेर जाने सहमति भएको छ । पुसभित्रै एकीकृत कारोबार सक्ने सहमति भएको सीईओ न्यौपानेले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार