Sep 19 2024 | २०८१, असोज ३ गते

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

    रुकुमपश्चिम । रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । 

    images
    images

    मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको उनले बताए ।

    मनोजको  एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ । आइतबार रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार