Sep 08 2024 | २०८१, भदौ २३ गते

राउन्ड टेबल नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रवाल

राउन्ड टेबल नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रवाल

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • राउन्ड टेबल नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रवाल

    काठमाडौं । राउन्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा काठमाडौंस्थित हायात होटलमा भदौ ९ गते सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

    images
    images

    नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । त्यस्तै निर्वतमान अध्यक्ष राहुल अग्रवाल रहेका छन् ।

    राउन्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था हो, जसको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ हो ।  संघले आफ्नो उद्देश्य पूरा गर्नका लागि पहिले समाजमा रहेका समस्याको पहिचान गरी एडप्ट गर्छ । एडप्ट गरेका कार्यहरुलाई स्थानीय विविधतालाई आत्मसात् गर्दै एडप गर्छ र त्यसलाई निरन्तर इम्प्रुभ गर्न प्रयासरत रहन्छ ।

    राउन्ड टेबल नेपाल २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यमा संलग्न छ । विषेशगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको श्रेत्रमा अग्रसर भई कार्य गरिरहेको छ ।

    नवनिर्वाचित कार्यसमितिले खासगरी आफ्नो कार्यकालमा राउन्ड टेबलले सुरु गरेका कार्यक्रम जस्तै: विद्यालयहरुको स्तरोन्नति, राउन्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकालाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम तथा १ देश १ लाख बिरुवाको नारालाई निरन्तरता दिनेछ ।

    साथै, आफ्ना सदस्यलाई विभिन्न तालिम तथा गोष्ठी आयोजना गरी सदस्यको सीप विकासका साथै सदस्यहरुबीचको सम्बन्ध अझ सुदृढ गर्ने योजना रहेको जानकारी गराइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट