Sep 08 2024 | २०८१, भदौ २३ गते

२० अर्ब ४ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

२० अर्ब ४ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • २० अर्ब ४ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

    नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।

    images
    images

    राष्ट्र बैंकले २८ दिनकाे अवधिका लागि ५ अर्ब रूपैयाँ बराबरको,  ९१ दिनकाे अवधिकाे लागि ६ अर्ब ४ कराेड रूपैयाँ बराबरकाे, १८२ दिनकाे अवधिका लागि ७ अर्ब रूपैयाँ बराबरकाे र ३६४ दिनकाे अवधिका लागि २ अर्ब रूपैयाँ बराबरकाे गरी कुल २० अर्ब ४ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज भदाै १८ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि भदाै १९ गते, मंगलबार बिक्री हुनेछ ।

    ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट