Sep 19 2024 | २०८१, असोज ३ गते

तिलिचो ताल भन्दा पनि अग्लो स्थानमा अर्को ताल भेटियो

तिलिचो ताल भन्दा पनि अग्लो स्थानमा अर्को ताल भेटियो

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • तिलिचो ताल भन्दा पनि अग्लो स्थानमा अर्को ताल भेटियो

    काठमाडौं। सबैभन्दा अग्लो स्थानमा रहेको तालको परिचय बनाएको मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को ताल फेला परेको छ ।

    images
    images

    डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा नयाँ ताल फेला परेको हो। स्थानीयमाझ कुन्ख्येन फालक नामले चिनिने यो ताल समुन्द्र सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा रहेको छ ।

    यो ताल तिलिचोभन्दा दुई सय ७१ मिटर अग्लो स्थानमा रहेको दाबी गरिएको छ । गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखिएको छ ।

    यस तालको प्रमाणीकरण अब राज्यको आधिकारिक निकायले गर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार