images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने 

स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने 

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने 

    काठमाडौं । स्थानीय सरकारको नाममा बैंक खातामा जम्मा भएको रकमको ६० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन् ।

    images
    images
    images

    बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) समस्या समाधान गर्न  भन्दै  अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रहेको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।

    बैंकरहरूले बैंकको खातामा भएको स्थानीय तहको पैसा पनि निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिदिन माग गर्दै आएका थिए । यो माग सम्बोधन गर्न अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो निर्णय गरेका हुन् ।

    यसअघि स्थानीय तहको नाममा बैंक खातामा रहेको ८० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न मिल्ने व्यवस्था थियो । नेपाल बैकर्स संघको अग्रहमा २०७८ मै यस्तो व्यवस्था गरिएपनि केही समयपछि कार्यानवयन रोकिएको थियो ।

    आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले गभर्नर महाप्रसाद अधिकारीसँग भेटेर निक्षेपमा गण्ना गर्न पाउनुपर्ने माग गरेपछि गर्भनरले अर्थमन्त्रीलाई भेटेर निर्णयका लागि प्रस्ताव गरेका थिए । 

    सरकारको पैसा बैंकमा राख्दा पनि निक्षेपमा देखाउन पाइँदैन र त्यसलाई निक्षेप मानेर कर्जा दिन पाउँदैनन् । अर्थ मन्त्रालयले सरकारी सञ्चित कोषको पैसालाई निक्षेप गणना गर्न दिए उक्त रकमका आधारमा बैंक वित्तीय संस्थाले कर्जा लगानी गर्न पाउँछन् । 

    पछिल्लो निर्णय चैत मसान्तसम्म कार्यान्वयनको सीमा तोकिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारको पैसालाई पनि निक्षेपमा गणना गर्न पाउँदा ऋणको ब्याज घटाउन सहयोग मिल्ने बैंकर्सहरुले बताउँदै आएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार