Sep 08 2024 | २०८१, भदौ २३ गते

वाईवाईको ब्राण्ड एम्बास्डर बने बलिउड अभिनेता खुराना

वाईवाईको ब्राण्ड एम्बास्डर बने बलिउड अभिनेता खुराना

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • वाईवाईको ब्राण्ड एम्बास्डर बने बलिउड अभिनेता खुराना

    काठमाडौ । चौधरी ग्रुप (सिजी) अन्तर्गत सिजी कर्प ग्लोबलको सिजी फुड्सले बलिउड अभिनेता आयुष्मान खुरानालाई वाई वाई चाउचाउको नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

    images
    images

    सिजी फुड्सको उत्पादन वाई वाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीका लागि नामुद छ। उसको उत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ।

    नयाँ ब्रान्ड एम्बासडर नियुक्त भएपछि बलिउड अभिनेता खुरानाले युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाई वाई चाउचाउजस्तो लोकप्रिय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

    ‘वाईवाईको गजबको स्वादका कारण संसारका धेरै देशमा धेरैको मनमा बस्न सफल छ’, अभिनेता खुरानाले भने, ‘वाई वाई ब्रान्ड नेम नै काफी छ सिजीसँग जोडिनका लागि। म वाईवाईको नामले तानिएको हुँ ।’

    त्यसै गरी सिजी फुड्स तथा सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बलिउड अभिनेता खुरानासँग वाईवाईका लागि सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट