Sep 08 2024 | २०८१, भदौ २३ गते

सेयर कारोबार ७९ करोड ६८ लाख रुपैयाँमा खुम्चियो

सेयर कारोबार ७९ करोड ६८ लाख रुपैयाँमा खुम्चियो

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • सेयर कारोबार ७९ करोड ६८ लाख रुपैयाँमा खुम्चियो

    काठमाडौँ । मंगलबार सेयर बजारमा कुल ७९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक भने अघिल्लो दिनको तुलनामा ६.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६१ अंकमा कायम भएको छ ।

    images
    images

    कुल ७१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ २.९, विकास बैंक ४, फाइनान्स १२, होटल तथा पर्यटन ४३, जलविद्युत् १३, जीवन बीमा ६८, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५८, अन्य उपसमूह ३ अंक घटे । ब्यापार १३ र उत्पादन उपसमूह १९ अंक बढे ।

    नेरुडे लघुवित्तको मूल्य ९.८ प्रतिशत बढ्यो भने लिबर्टी इनर्जीको करिब १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालय एभरेस्ट इन्स्योरेन्स संस्थापक, साल्ट ट्रेडिङ, आईएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट